
काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ ।
आइतबार महिला अधिकारकर्मीहरुले माईतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो ? लगायतका प्लोकार्ड बोकेर सांकेतिक बिरोध जनाएका थिए ।
विरोध कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधिलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको बताउनुभयो । उहाँले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको बताउनुभयो । उहाँले देशमा अपराधिको स्थान कहाँ हो भन्दै सरकारसँग प्रश्नसमेत गर्नुभयो । डा. केसीले राजनीति शुद्धिकरण हुनुपर्नेमा भ्रष्टिकरण र अपराधिकरण भइरहेको बताउनुभयो । उहाँले राजनीति अपराधिहरुले चलाउने ठाउँ भएको बताउनुभयो ।
विरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धतावाट बारम्बार पछि हटिरहेको बताउनुभयो । उहाँले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।
आन्दोलनकारी महिला अधिकारकर्मीहरुले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले आइतबार र्मातीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकारको खोजि गरेका थिए ।
अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता तथा पूर्वबदशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्