१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको छ : सचिव पौडेल


26
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउनका लागि प्रयत्नहरु जारी रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताउनुभएको हो ।

आइतबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उहाँले सबै सदस्य राष्ट्रहरुबीचको सहमति जुटन नसकेको कारण यसलाई सक्रिय बनाउन नसकिएको स्पष्टिकरण समेत दिनुभयो ।

सचिव पौडेलले सबै सदस्य राष्ट्रहरुको सहमतिमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखि हुन नसकेको स्मरण गराउनुभयो ।

सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्रहरु रहेका छन । ती सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाई छ बैठकमा समितिकी सभापति दिलकुमारी रावल (थापा)ले सो सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनि जिज्ञासा राख्नु भएको थियो ।