
काठमाडौं । साताको सुरुको दिन पनि शेयर बजारमा दाहोरो अंकको सुधार जारी रह्यो ।
कारोबार पनि उच्च साढें ५ अर्ब नजिक पुग्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से २० अंकले उकालो लागेर २१ सय ६४ कायम भयो । मध्यान्ह २२ सय नजिक पुगेपनि त्यसयता नेप्से शिथिल भएको हो ।
उत्पादनमूलक, वाणिज्य बैंक र लघुवित्त समूहमा दोहोरो अंकको गिरावट आउँदा बाँकी समूहमा हरियाली छायो । यस दिन लगानीकर्ताको बीमा समूहमा सबैभन्दा आकर्षण रह्यो । जीवन बीमा समूहमा सबैभन्दा उच्च साढें ४ प्रतिशत बराबर अर्थात् ४ सय ६८ अंकको वृद्धि आयो ।
निर्जीवन बीमा समूहमा पनि साढें ३ सय अंक बराबरको वृद्धि आयो । होटल तथा पर्यटन समूहमा पनि सय अंक बढीको वृद्धि आउँदा बाँकी पनि बढीजसो समूह दोहोरो अंकले उकालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५९ कम्पनीको १ करोड ४१ लाख कित्ता शेयर ५ अर्ब ४६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ३३ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो । यस दिन पनि खप्तड लघुवित्त, बारही हाइड्रो अनि न्यादी ग्रुप, मनकामना स्मार्ट लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर कमाए ।
प्रतिक्रिया दिनुहोस्