
काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो पटक परीक्षण उडान सफल भएको छ ।
आइतबार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको नाइन. एन-ए. एल. ओ जहाज रेसुङ्गा विमानस्थलमा अवतरण भएको हो ।
डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भई उडान भएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
उक्त जहाज काठमाडौंबाट गुल्मी विमानस्थलमा ५० मिनेटको समयमा पुगेको प्राधिकरणले जनाएको छ । आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बतौंलाले बताउनुभयो ।
डेमो उडानका अवसरमा आइतबार रेसुङ्गा नगरपालिकामा बिदासमेत दिइएको थियो । जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री लगायत सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्