१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

भारतीय नागरिकद्वारा तीन एकल महिलाको हत्या


572
Shares

अर्घाखाँची । भारतीय नागरिक एकै प्रकारका तीन वटा घटनामा संलग्न भएको पुष्टि भएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्वाराकी राधा थापाकाे हत्यापछि अनुसन्धानको क्रममा यस्तो खुलेको हो ।

गुडगाँव हरियाणा घर भई शितगंगा नगरपालिका १० मा ससुराली भएका २३ वर्षीय सुशान्त सिंहले थापा दुध लिन गएको समयमा गहरगहना लुटनको लागि सिद्वाराकै बखोरकै खोल्सामा पुगेकी ती महिलालाई ढुङ्गा र हँसियाले हानी हत्या गरेका थिए ।

अर्घाखाँचीसहित गुल्मी र कपिलवस्तुका तीन एकल महिलाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

कपिलवस्तुको बिजयनगर गाउँपालिका ४ मा पनि सोही प्रकृतिको घटना घटेको अनुसन्धानमा खुलेको छ । सिंहले असोज १४ गते राति ७० वर्षीया योगमाया गैरेको घरमा पुगि घाटी दबाई हत्या गरी सुनका गरगहना र नगद लुटी चन्द्रौटा हुदै भारत गएको खुलेको छ ।

यस्तै गुल्मी ईस्मा गाउँपालिका ५ मा बस्ने ७५ वर्षीया जीवकला थापाको कार्तिक २८ गते घाँटी थिची हत्या गरी सुनका गरगहना लुटी फरार भएको अनुसन्धानमा खुलेका प्रहरी नायब उपरिक्षक रिजालले बताउनुभयो ।

एकल महिला गरगहना बढी लगाउने लेकेसन पत्तालगाएर उनी घटनामा सक्रिय भएको देखिएको छ ।अहिले सिंहकी श्रीमतीलाई पनि प्रहरीले थप अनुसन्धानको लागि पक्राउ गरेको छ।