
काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बनाएको बताउनुभएको छ ।
काभ्रेको धुलिखेलमा जनसंगठन सुदृढीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले अरुले नचाहेको सरकार बन्नु नेपाली जनता र नेपालको सफलता भएको बताउनुभयो ।
अरुले सरकार बनाइदिनु पर्ने, अरुले भनेको स्विकार्दिनुपर्ने अवस्था चिर्दै पार्टीहरु मिलेर गए भने फुटाइ दिने खेललाई रोक्न समेत आफूहरु सफल भएको उहाँको दाबी छ ।
ओलीले सरकारले विश्वासको मत प्राप्त गर्दैन भन्ने नठान्न भन्दै सरकार ढाल्न गरिएका प्रयास काम नलाग्ने समेत बताउनुभयो । अहिले कांग्रेसले प्रधानमन्त्री, सभामुख लगायतका पद बाँडिरहेको उहाँको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्