
एजेन्सी । दक्षिण अफ्रिकी मुलुक सेनेगलमा भएको सडक दुर्घटनामा ४० जनाको मृत्यु भएको छ ।
सेनेगलको मध्य क्षेत्र काफ्रीन नजिक दुईवटा बस आपसमा ठोकिंदा ४० जनाको मृत्यु हुँदा अन्य ८५ जना घाइते भएका छन् ।
तीब्र गतीमा गुडिरहेको सार्वजनिक यातायातको बस बिपरित दिशाबाट आइरहेको बससंग ठोकिंदा दुर्घटना भएको हो ।
चालकको लापरवाहीका कारण दुर्घटना भएको सेनेगल सरकारले जनाएको छ । सेनेगलमा जीर्ण सडक र सवारीसाधनका कारण पनि वर्षेनी सडक दुर्घटना हुँदा थुप्रैको मृत्यु हुने गरेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्