
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
अब पेट्रोल १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ पर्ने छ ।
यस्तै, हवाई इन्धनको मूल्य पनि घटेको छ ।
घटेको मूल्य आइतबार राति १२ बजेबाट लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्