
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ ।
एयरलाइन्सले साप्ताहिक उडान गर्ने सम्म्बन्धमा सैद्धान्तिक सहमति भइसकेकोे इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिनुभएकाे हाे । इलाम–काठमाडौंका लागि आगामी माघ १ गतेदेखि सातामा एउटा उडान गर्ने सहमति भएको उहाँले बताउनुभयाे । इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने उहाँको भनाइ छ ।
यस विमानस्थलमा गत फागुनमा सुरुमा तारा एयरले नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो । तर यात्रु नपाएको भन्दै ताराले उडान बन्द गरेकाे थियाे । त्यसपछि इलाममा उडान भएको छैन । नेपाल एयरलाइन्सको जहाज संचालनका लागि इलाम नगरपालिकाले पहल गरेको हो ।
काठमाडौं इलामको उडान करिब १ घण्टाको रहेकाे छ । साेही विमानस्थलमा उडान भएसँगै दार्जिलिङसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने भएका छन् । इलाममा ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ ।
प्रतिक्रिया दिनुहोस्