२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


पाँचौं अर्घाखाँची महोत्सव माघ हुने


234
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ४ वर्षपछि महोत्सव हुने भएको छ ।

कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीसहित आगामी माघ ११ गतेदेखि २४ गतेसम्म पाँचौं अर्घाखाँची महोत्सव–२०७९’ आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताउनुभएकाे हाे । अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुन लागेको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटन भित्राउन र स्थानीय उत्पादनको प्रदर्शन गर्न लगायतलाई प्राथामिकतामा राखेर महोत्सव आयोजना गरिएको अध्यक्ष मिश्रको भनाइ छ । महोत्सव कोभिड–१९ का कारण विगत ४ वर्षयता सञ्चालन हुन सकेको थिएन।

महोत्सव सञ्चालनका लागि उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र संयोजक र चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठको सह-संयोजकत्वमा १ सय ८ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमिति निर्माण गरेको छ । महोत्सवको बारेमा सम्पूर्ण जानकारी पत्रकार सम्मेलन गरेर गराइएको छ ।