२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटना, ४ जनाको मृत्यु


507
Shares

काठमाडौं । भारतको उत्तराखण्डबाट नेपाल आइरहेको बस उत्तराखण्डको उन्नाउनमा दुर्घटना हुँदा तीन नेपालीसहित चार जनाको मृत्यु भएको छ ।

मृतक नेपालीहरु कैलाली टीकापुरका रहेको तर, उनीहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने स्थानमा दुर्घटना भएको हो ।

उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको थियो । बसको नम्बर भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।