१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश–१ मा तत्काल माओवादी केन्द्र सरकारमा नजाने,केन्द्रको निर्णयप्रति असन्तुष्टि


260
Shares

काठमाडौं । प्रदेश–१ मा नेकपा माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएको छ ।

आइतबार सत्तागठबन्धनमा रहेका शीर्ष नेताहरुबीच प्रदेश सरकारको भागवण्डा भएको थियो । तर त्यसलाई चुनौती दिंदै प्रदेश माओवादी केन्द्रका सांसदहरुले सरकार गठनका लागि नेकपा एमालेलाई समर्थन गरेपनि सरकारमा भने तत्काल नजाने निर्णय गरेका हुन् । माओवादी केन्द्रका एक प्रदेश सांसदका अनुसार त्यहाँ माओवादी र एमालेबीच प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा आलोपालो गर्नुपर्नेमा माओवादी केन्द्रको केन्द्रीय नेतृत्वले त्यसो नगरी एमालेलाई आगामी ५ वर्षकै लागि मुख्यमन्त्री दिने सहमति गरेपपछि माओवादी केन्द्र सरकारमा नजाने भएको हो ।

माओवादी केन्द्रका प्रदेश सांसदको भावना विपिरत शीर्ष नेतृत्वले सहमति गरेको ती सांसदले बताए । एमालेका तर्फबाट आइएतवार मुख्यमन्त्री नियुक्त हुनुभएका हिक्मत कार्कीले आज दिउँसो २ बजे प्रदेश १ का प्रदेश प्रमुख परसुराम खापुङबाट दि तथा गोपनियताको सपथ लिदै हुनुहुन्छ ।