
फाइल तस्बिर
काठमाडौं । कर्णालीमा प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ १ गतेलाई तोकिएको छ ।
कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोक्नुभएको हो ।
उहाँले प्रदेशसभा ०७९ को नियमावली ७ को उपनियम १ बमोजिम निर्वाचन मिति तोक्नुभएका हो ।
प्रदेश सभाको दोस्रो कार्याकालको दोस्रो बैठकमा शाहले सूचना प्रकाशन गर्न प्रदेश सविच जीवराज बुढाथोकीलाई निर्देशन दिनुभएको छ ।
यसअघि, सत्तासाझेदार दलहरुबीच कर्णालीमा एमालेले सभामुख पाउने निर्णय गरिसकेको छ भने सरकारको नेतृत्व माओवादीले गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्