१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन : सांसद सुवाल


78
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु नहुने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा सरकारले हचुवामा प्रस्तावहरु ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताउनुभएको हो । उहाँले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागरे देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताउनुभयो । उहाँले गठबन्धन पद र पैसामा गर्नु नहुने भन्दै नेपालको हीत नहेर्नेहरु नेपाली नागरिक हुन नसक्ने बताउनुभयो ।

सांसद सुवालले एसपीपी र एमसीसी नेपालको हीत विपरित रहेको रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसदमा प्रश्न उठाउनुभयो ।