
एजेन्सी । चीनले पुन ताइवानको टापु नजिकै सैन्य अभ्यास सुरु गरेपछि ताइवानले यस्को विरोध गरेको छ ।
गत महिना मात्रै सोही क्षेत्रम सैन्य अभ्यास गरेको चीनले पुन अभ्यास थालेसँगै ताइवानले चीनको भत्र्सना गरेको छ ।
चीनले ५७ विमान परिचालन गरी सैन्य अभ्यास थालेको पुष्टी गर्दै ताइवानी रक्षा मन्त्रालयले चीनको यो कदमको प्रतिकार गर्ने चेतावनी दिएको छ । चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्रको रुपमा हेर्ने र ती दाबी पुष्टि गर्न पछिल्लो समय सैन्य, राजनीतिक र आर्थिक दवाव बढाउँदै आएको छ ।
यद्यपी चीनले आफ्नो जनमुक्ति सेनाले तयारी गस्तीमात्रै गरेको दाबी गरेको छ । जवाफमा ताइवानको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा उसले ५७ चिनियाँ विमान र चार नौसेना जहाज टापुको वरिपरि परिचालन भएको दाबी गर्दै आक्रमणका लागि चीनले तयारी थालेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्