८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सय जना फ्यानलाई आफ्नै खर्चमा अभिनेता विजय देवरकोन्डाले घुम्न पठाउने


377
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले आफ्नो खर्चमा सय जना फ्यानलाई घुम्न मनाली पठाउने भएका छन् । 

विजयले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् । उनले भ्रमणमा सहभागी हुन चाहनेहरूका लागि आवेदन भर्न पर्ने बताएका छन् । 

उनी आफ्ना फ्यानसँग नजिक रहन रुचाउँछन् । त्यसैले उनले फ्यानसँग नजिक रहने नयाँ योजना बनाएका हुन् । उनले आफ्नो खर्चमा सय जना फ्यानलाई मनाली ट्रिपमा पठाउन लागेका हुन् ।

उनले इन्स्टाग्राम र ट्वीटरमा दिएको देवरासान्टा लिंकमा क्लिक गरेर त्यहाँ मागिएको विवरण भर्न पर्नेछ । यस ट्रिपमा जानको लागि १८ वर्ष उमेर पुग्नु पर्ने बताएका छन् । उनले याे फारम भर्न नयाँ वर्षबाट सुरू गरेकाे जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘मैले १०० जनालाई पाँच दिनको लागि मनाली पठाउने निर्णय गरेको छु । तपाईंहरू हिउँसँगै पहाड र मठमन्दिर हेर्न जाँदै हुनुहुन्छ । यदि तपाईंहरूको उमेर १८ वर्षमाथि छ र मलाई फलो गरिरहनु भएको छ भने फर्म भर्नुस् । म तपाईंहरूको यात्रामा सहभागी हुन उत्सुक छु ।’

विजयले ‘लाइगर’ बाट बलिउडमा डेब्यू गरेका थिए । तर, फिल्मले राम्रो व्यापार गर्न सकेन । उनी आगामी फिल्म ‘खुशी’ मा सामन्था रूथ प्रभुसँग देखिनेछन् । यो फिल्म यसै वर्ष रिलिज हुने तयारीमा छ ।