
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक राख्ख्नु भएको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा केहीबेर अघिदेखि बैठक चलिरहेको छ ।
बिहान बसेको पार्टीका शीर्ष नेता र पदाधिकारीहरूको बैठकमा सभापति देउवाले प्रचण्डलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गर्नु भएको थियो । तर, त्यसबारे नेताहरूबीचमा निर्णय हुन नसकेपछि कार्यसम्पादन समितिबाट निर्णय लिने गरी शीर्ष नेताहरूको बैठक सकिएको थियो ।
कार्य सम्पादनको बैठक लगत्तै कांग्रेस संसदीय दलको बैठक बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्