२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कांग्रेस केन्द्रीय कार्य समिति बैठक फेरि सर्‍यो


91
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक फेरि सरेको छ ।

पुस २८ गतेका लागि बस्ने भनिएको बैठक माघ १५ गतेसम्मका लागि सारिएको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १८ गतेको बैठक आगामी माघ १५ गते आइतबार दिउँसो १ बजका लागि सारिएको जानकारी दिनुभएको छ ।

यसअघि पनि कांग्रेसले पुस २२ गतेको बैठक २८ गतेका लागि सारेको थियो । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा,समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बताइएको छ ।