
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठूलाठूला भ्रष्टाचारमा संलग्नहरुलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले बलात्कारको जघन्य अपराधमा संलग्न, मानव अधिकारको गम्भिर उलंघनकर्ता र नेपालको आन्तरिक कुरा विदेशीलाई पुर्याउनेहरुलाई पनि मृत्यदण्डको सजाय दिनेगरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सांसद सुवालले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन, भारतले मिचेको नेपालका सबै भूमि फिर्ता गर्न पनि सरकारलाई दवाव दिनुभयो । उहाँले काठमाडौं उपत्यका विकास प्राधिकरण आवश्यक नभएको भन्दै तत्काल खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले चुरे क्षेत्रको ढुंगागिटी भारतलाई खरिदविक्री गर्ने काम बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाडौं उपत्यकाका औंद्योगिक क्षेत्रहरु उपत्यका बाहिर सार्ने निर्णय कार्यान्वयन गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्