२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

कांग्रेसले परिस्थितिको मूल्यांकन गरेर विश्वासको मत दियो : उपसभापति खड्का


221
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौँ । त्यो बेला पनि त्यसबेलको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौँ । त्यही अनुसार यस पटक पनि मुलुकको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएको हो, प्रमुख प्रतिपक्षको भुमिका सुरक्षित छ । बोलेरै भोट हालेका छौँ ।’

उपसभापति खड्काले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित रहेको पनि बताउनुभयो ।