
काठमाडौं । नेपाल रत्न तथा आभुषण संघ (नेग्जा)ले आगामी बिहीबारदेखि राजधानीमा जेम एण्ड ज्वेलरी एक्सपोको चौथो संस्करण आयोजना गर्ने भएको छ ।
नेग्जाले आगामी पुस २८ देखि माघ १ गतेसम्म होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ आयोजना गर्न लागेको हो ।
संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी पुस २८ गते साँझ ६ बजेदेखि ज्वेलरी फेशन शोको समेत आयोजना गरिने जनाएको छ ।
एक्स्पो बिहान १० बजेदेखि साझ ७ बजे सम्म सञ्चालन हुने जनाइएको छ । कोभिडले शिथिल बनेको आभूषण व्यवसायमा नयाँ उत्साह र उर्जा पैदा गराउने उद्देश्यसहित एक्सपो आयोजना गरिएको अध्यक्ष ज्योत्सना श्रेष्ठले बताउनुभयो । मेलमा ३८ कम्पनीको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्