
कैलाली । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो ५ वर्षको कार्यकालको प्रगति विवरण प्रस्तुत गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मंगलबार निवर्तमान मुख्यमन्त्री भट्टले संरचना र कर्मचारीको अभावकाबीच थुप्रै काम गरेकाे दावी गर्नुभएको हो । आफ्नो कार्यकालमा संघीयताको जग बसाल्ने काम भएको समेत उहाँले बताउनुभयो । साथै कृषि, पर्यटन जडिबुटी र उर्जालाई प्राथमिकता दिएको उहाँले भएको बताउनुभयो ।
जिल्ला सदरमुकामसम्म पनि सडक पुग्न नसकेको अवस्थामा आफूले अहिले ४ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको उहाँकाे दावी छ । उहाँले आफ्नो कार्यकालमा ५५ वटा पुल बनेका, १ सय ९० किलोमिटर पक्की कुलो निर्माण गरेको २ सय ८४ किलोमिटर कच्ची कुलो निर्माण गरेको बताउनुभयाे ।
१२ हजार ९ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा सिंचाइ पुराएको र १ सय ५७ किलोमिटर तटबन्ध बनाएको उहाँकाे भनाइ छ।सडक पूर्वाधार शिक्षा र स्वास्थ्यमा धेरै काम भएको निवर्तमान मुख्यमन्त्री भट्टकाे तर्क छ ।
प्रतिक्रिया दिनुहोस्