१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दीपक श्रेष्ठद्वारा निर्देशिक चलचित्रमा दयाहाङले काम गर्दै


169
Shares

काठमाडौं । निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनय गर्ने भएका छन् ।

मंगलबार निर्देशक दीपक श्रेष्ठ र हेड अफ प्रोडक्शन सुरज आचार्यको उपस्थितिमा चलचित्रका प्रस्तुतकर्ता केवल तामाङ र दयाहाङबीच सम्झौता भएको हो ।

चलचित्रमा कोमल गुरुङको लगानी रहने छ भने कथा तथा निर्देशन श्रेष्ठ स्वयमकै रहने छ । चलचित्रमा मुख्य भूमिकामा दयाहाङ फाइनल भएका छन् । यस चलचित्रका लागि अन्य कलाकार केही दिनमा फाइनल गरिने निर्माण पक्षले जनाएको छ ।

सौरभ लामाले छायांकन गर्ने यस चलचित्रलाई आगामी माघ २० गतेबाट छायांकन गरिने भएको छ । लभस्टोरी र कमेडी कथामा निर्माण हुन लागेको चलत्रिचको छायांकन सिक्किम र इलाममा हुने छ ।

प्रोमिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चचित्रमा तपश्री प्रोडक्शनको सहकार्य रहने छ । चलचित्रको नाम भने खुलाइएको छैन ।