
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।
बुधबार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पृथ्वी जयन्तीको दिनमा सरकारले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने बताउनुभयो । उहाँले यो दिनलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताउनुभयो ।
यद्यपी पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको उहाँले बताउनुभयो । राप्रपाको मागलाई सरकारले स्वीकार गरेको भन्दै आफूहरुको लागि यो दिन विजयोत्सवको दिन पनि भएको बताउनुभयो ।
उहाँले सरकारको न्युनतम साझा कार्यक्रममा राप्रपाको माग समेत समेटिएकाले सरकारमा जाने ढोका खुलेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्