१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पृथ्वी जयन्तीलाई राज्यस्तरबाटै एकता दिवसको रुपमा मनाउनुपर्छ : अध्यक्ष थापा


78
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीको दिन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने बताउनुभयो ।

बुधबार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नेपाली भन्ने नाम र पहिचान पृथ्वीनारायण शाहले दिएको उल्लेख गर्दै प्रत्येक नागरिकले शाहप्रति सम्मान व्यक्त गर्नुपर्ने बताउनुभयो ।

केही समय अघि राप्रपा त्यागेर अर्को पार्टी गठन गरेका अध्यक्ष थापाले राप्रपामा आफूले रगत र पसिना बगाएको भन्दै राप्रपाको कार्यक्रममा आउन पाउँदा खुशी र गौरवको अनुभुति हुने बताउनुभयो । राप्रपाले हाल पाएको सफलता प्रशंसनीय भएको भन्दै उहाँले अझ उन्नति र प्रगतिको कामना गर्नुभयो ।