२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पृथ्वीनारायण शाहले विदेशीसँग लडेर भुमिको रक्षा गर्नुभयो : अध्यक्ष नेपाल


286
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायण शाहले विदेशीसँग लडेर आफ्नो भुमिको रक्षा गरेको बताउनुभयो ।

बुधबार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले पृथ्वीनारायण शाहले विदेशीसँग लडेर आफ्नो भुमिको रक्षा गरेको बताउनुभएको हो ।

पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको लागि भुमिका खेलेको भन्दै उहाँको योगदानलाई बिर्सनु नहुने अध्यक्ष नेपालले बताउनुभयो ।