२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


सिन्धुलीमा माघी पर्व लक्षित सामानको व्यापार बढ्दो


169
Shares

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी लगाएतका जिल्लाका प्रमुख बजारहरुमा माघे संक्रान्ति लक्षित तरुल,तिल, सख्खरलगायतका समानहरुको व्यापार अत्यधिक रुपमा बढेर गएको छ ।

सदरमुकाम सिन्धुलीमाडीमा बजारको मुख्यचोक तथा सुपथपसलमा घिउ, चाकु, जस्ता परिकार र कन्दमुलहरुको व्यापार बढेको देखिन थालेको छ ।

सिन्धुलीमाडीका सानाठूला फुटपाथे पसल तथा तरकारी पसल जताततै तरुल, तिल,पिडालु, सखरखण्डलगायतका सामग्रीहरुको व्यापार बढेर गएको छ ।

सिन्धुलीमाडीमा वन तरुल प्रतिकिलो २ सय, घर तरुल प्रतिकिलो१ सय, तिल प्रति किलो सय, सख्खर प्रतिकिला १ सयका दरले बिक्रीवितरण भैरहेको छ ।

सिन्धुलीमाडीमा माघी पर्वका लागि लक्षित गरेर तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमुलहरु ग्रामीण क्षेत्रबाट धमाधम भित्रिरहेको देखिएको छ । शास्त्रकाअनुसार माघ १ गते माघे संक्रान्तिमा उसिनेको परिकार खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने मान्यता रहेको छ ।