२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपा र एकीकृत समाजवादीबीच एकता वार्ता हुँदै


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुने भएको छ ।

एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

पार्टी एकताका लागि जसपा र एकीकृत समाजवादीबीच छलफल हुन लागेको हो । कार्यदलमा जसपाका राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी तथा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालसहित डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहनुभएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सांसद छन् भने एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० सिट रहेको छ ।

यसैबीच, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा सरकारमा नजाने अवस्थामा मात्रै दुई दलबीच एकता हुने बताउनुभएको छ । उहाँले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न जसपा तयार भए दुई दलबीच एकताका लागि कुनै समस्या नहुने स्पष्ट पार्नुभयो ।