
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमाले परित्याग गर्नुभएका नेता घनश्याम भुसाललाई छिट्टै पार्टीमा आवद्ध हुन आग्रह गरेको छ ।
एकता वार्ता समितिका संयोजक समेत रहनुभएका पार्टी महासचिव बेदुराम भुसालले मंगलबार पठाएको जवाफी पत्रमा छिट्टै आवद्ध हुन आग्रह गरिएको छ ।
नेकपा (एमाले) छाडेर रुपन्देही-१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बन्नुभएका भुसालले एकीकृत समाजवादी प्रवेशका लागि प्रस्ताव पठाउनु भएको थियो ।
एकीकृत समाजवादीले उहाँलाई पार्टीमा आउन स्वागतसहितको पत्र पठाएको हो । अब भुसलालाई छिट्टै पार्टीमा स्वागत गरिने नेताहरूको भनाइ छ । महासचिवको दाबी गरिरहेका भुसाललाई उहाँको इतिहासको उच्चतम मूल्यांकन गर्दै पार्टीमा सम्मानजन र महत्वपूर्ण जिम्मेवारी दिन समाजवादी सकारात्मक छ ।
भुसाललाई सुरुमा सचिवालय सदस्यको जिम्मेवारीमा ल्याइने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्