१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


नेप्सेमा ४१ अंकको गिरावट, कारोबार साढे ५ अर्ब


13
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेको छ ।

४१ अंकले ओरालो लागेर नेप्से २१ सय ४९ मा थामिएको छ । बिहीबार शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट छ । बिहीबार १ सय ८४ कम्पनीको शेयर मूल्य घट्दा २१ कम्पनीको मात्र मूल्य वृद्धि भएको छ ।

बिहीबारको कारोबारमा २ सय ५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार कित्ता शेयरको ५ अर्ब ४७ करोड ७६ लाखमाथिमा खरीदविक्री भएको छ । बिहीबार व्यापार समूह सामान्य अंकले वृृद्धि हुदा बाकी सबै समूह राताम्मे रहे ।

बिहीबार वित्त र लगानी समूह ३ प्रतिशतले घट्दा विकास बैंक,होटल तथा टुरिजम, हाइड्रोपावर, लाइफ इन्सुरेन्स, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा २ प्रतिशतले घटेका छन् । बिहीबार चार कम्पनीको शेयर मूल्य उच्च अंकले बढेको छ । जसमा कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी, बाराही हाइड्रोपावर र एनआइबीइल समृद्धि फण्ड–२ रहेका छन् ।

बिहीबार गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले घटेको छ । बिहीबार कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । जसको २२ करोड माथिको कारोबार भएको छ ।