९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बुद्धनगरमा महानगरको डोजर चल्यो


390
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत बनाइएका संरचना भत्काउने कामलाई निरन्तरता दिएको छ ।

महानगरपालिकाले काठमाडौंकोे बुद्धनगरमा रहेको अनमोल बेंकेटका पर्खाल सार्वजनिक बाटो मिचेर बनाएको भन्दै भत्काएको हो ।

३५ दिने सूचना जारी गरी आफैं भत्काउन आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर महानगरले पर्खालको संरचना भत्काएको हो । बेंकेटका सञ्चालक सोयलमान सिंहले भत्काउने काममा अवरोध गरेपछि उनलाई नियन्त्रणा लिइएको छ ।

महानगरपालिका र सिंहको विवादले तीन घण्टासम्म काममा अवरोध भएको थियो । महानगरले त्यसक्षेत्रका अन्य अवैध संरचना समेत डोजर चलाएको छ ।