२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मधुसुदन भट्टराईले चलचित्र ‘दौतरी’ निर्माण गर्ने


143
Shares

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईले चलचित्र ‘दौतरी’ को निर्माण गर्ने भएका छन् ।

निर्माण युनिटले बिहिबार चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दै चलचित्रको नाम सार्वजनिक गरेको हो । ‘दौतरी’ नामबाट यस अघि पनि नेपाली चलचित्र बनेको थियाे । यसअघि दयाराम दाहालको निर्देशन रहेको चलचित्र ‘दौतरी’मा राजेश हमाल, जल शाह र मेलिना मानन्धरको मुख्य भूमिका रहेको थियो ।

निर्देशक मधुसुदनले अहिले निर्माण गर्न लागेको ‘दौतरी’ मा आर्यन सिग्देल, मुकुन भुसाल र अभिनेत्री साक्षी लम्सालको मुख्य भूमिका रहने भएकाे छ । छिरिङ तेन्दुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले निर्माता रहेको चलचित्रको छायांकन आगामी फागुन महिनाको पहिलो हप्ताबाट हुने भएकाे छ ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र जय माँ दुर्गा फिल्मस्काे ब्यानरमा निर्माण हुन लागेको हो । साेही चलचित्र पारिवारिक र प्रेम कथामा बन्ने भएकाे निर्माण पक्षले जनाएकाे छ ।