
कैलाली । कैलालीकाे यातायात व्यवस्था कार्यालय सेतीमा चेकजाँच बिना नै स्वास्थ्य निरोगिताको प्रमाणपत्र पाइने गरेको गरेकाे छ ।
बिचौलियाको विगविगी भएको गुनासो आएपछि स्थानीय प्रशासनले अनुगमन गरेको हाे । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको अनुगमन टोलीले समस्या समाधान गर्न निर्देशन दिएको छ ।
कैलालीमा अनुगमनका क्रममा सवारी चालक अनुमति पत्र लिनका लागि आवश्यक पर्ने निरोगिताको प्रमाणपत्र चेकजाँच बिना नै दिने गरेको पाइएको छ । यातायात व्यवस्था कार्यालय बाहिर रहेका व्यवसायी र बिचौलियाको बिगबिगीका भएका कारण अनुहार हेरेकै आधारमा मेडिकल रिर्पोट दिने गरेको जनरल फिजिसियन भोजराज भट्टले स्वीकार गर्नुभयो ।
भोजराज भट्ट कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले सताउने, चेकजाँच नगरी गैरकानुनी रुपमा मेडिकल रिर्पोट बनाइदिने गरेको जनगुनासो बढेपछि त्यसलाई रोक्न अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यसअघि पनि अनुगमन गरेको प्रशासनले विगतको भन्दा केही सुधार भएको भएपनि हेरेर मेडिकल रिर्पोट बनाउने र महँगो शुल्क लिने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।
यातायात व्यवस्था कार्यालयमा दिन प्रतिदिन सेवाग्राहीको चाप बढ्दै गएको अवस्थामा बिचौलिया र व्यवसायीले सेवाग्राहीलाई अनावश्यक दु:ख दिने गरेका छन् । सवारी चालक अनुमति पत्र लिनका लागि आवश्यक मेडिकल रिर्पोट लिदा सेवाग्राहीले चेकजाँच गराएर मात्रै लिनुपर्ने कार्यालयका प्रमुख नरेन्द्र शाहको भनाइ छ ।
यसर्थ चालक अनुमति पत्र लिने सेवाग्राहीलाई दु:ख दिने बिचौलिया र व्यवसायीलाई निस्तेज पार्न निरन्तर अनुगमनको आवश्यकता रहन्छ ।
प्रतिक्रिया दिनुहोस्