२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण


689
Shares

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकले प्रदान गर्दै आएको बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

शुक्रवार महासंघको पदाधिकारीहरुको टालीले उप्रधान तथा अर्थमन्त्री पौडेललाई मन्त्रालयमा भेटेर बैंकले प्रदान गर्दै आएको बिना धितो कर्जा १५ लाखबाट वृद्धि गरेर २५ लाख बनाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै बैंकको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने माग राख्नुभयो ।

उहाँले भन्सार दरबन्दीको महँगीका कारण बजार मूल्य बढेकाले भन्सार दरबन्दी घटाउन सुझाव दिनुभयो । उहाँले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिन माग राख्नुभयो । अध्यक्ष कार्कीले बैंकको कर्जा ड्रावल्टमा भइरहेको झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले बैंकले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचनालाई ६ महिना समय कायम गर्नुपर्ने बताउनु भयो । उहाँले व्यापार व्यवसायीको लागि वैज्ञानिक भाडादर कायम गर्न माग गर्नुभयो । उहाँले केरुङ,खासा लगायत चिनियाँ नाकामा नेपाली व्यवसायीलाई सहज रुपमा जान पाउनुपर्ने व्यवस्था गर्न माग पनि गर्नुभयो ।

त्यस्तै,महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले उद्योगी व्यवसायीहरुलाई बैंकको ब्याजदरको कारण परेको प्रभावको विषयमा अर्थमन्त्रीलाई ध्यानाकर्षण गरिएको बताउनु भयो । उहाँले साना व्यवसायीहरुसँग अर्थ मन्त्रालले समन्वय गर्न माग गरेको बताउनु भयो । उहाँले व्यसायीहरुलाई सहज पहुँच तथा भन्सार नाकामा सहजता ल्याउन र चोरी पैठारीको रोकथाम गर्न माग गरिएको बताउनु भयो । उहाँले पछिल्लो समय बजारमा देखिएको तरलता सहज बनाइ व्यवसायीहरुको लागि सरकारले व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने माग गरिएको बताउनु भयो । उहाँले व्यवसायीहरुको मागमा अर्थमन्त्री सकारात्मक रहेकाले माग सम्बोधन हुने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

त्यस्तै,महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंकहरुले व्यवसायीहरुलाई आत्माहत्या गर्नुपर्ने अवस्थामा पु¥याएको भन्दै अर्थमन्त्रीसँग गुनासो गर्नुभयो । उहाँले साना व्यवसायीहरुलाई बैंकले रोयर बस्नुपर्ने अवस्था बनाएकाले महासंघले उठाएका ३ वटा माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।

उहाँले सरकारले एलसी खोल्न बन्द गर्दा व्यवसायीहरुले सामान ल्याउन समेत नसकिएको बताउनु भयो । उहाँले १६ करोडको स्टक देखाएर कर्जा लिने गरिन्थो तर अहिले १६ करोडको स्टक नभए पनि त्यो भन्दा बढी कर्जा दिने गरेको बताउनु भयो ।