१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा भएको आगलागी नियन्त्रणमा


65
Shares

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

शुक्रबार साँझ करिब ७ बजेबाट सुरु भएको आगलागी केहीबेर अघि नियन्त्रणमा आएको हो । आगोले तीन वटा घर जलेका छन् ।आगलागी कसरी शुरु भयो भन्ने पत्ता लागेको छैन ।आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लागेका थिए । त्यसैगरी आगो निभाउनका लागि तेह्रथुमबाट २ वटा दमकल र धनकुटाको एउटा दमकल प्रयोग गरिएको थियो ।