२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीको छुट्टाछुट्टै स्थानबाट अवैध गाँजा सहित दुई पक्राउ


91
Shares

सिन्धुली । सिन्धुलीको छुट्टाछुट्टै स्थानबाट अवैध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

दुधौली नगरपालिका–५ तलखापुलबाट अन्दाजी ५ के.जी. गाँजासहित दुधौली नगरपालिका–१० का ४२ वर्षीय हर्क बहादुर तामाङ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय डकाहा र इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको संयुक्त प्रहरी टोलीले तलखापुलमुनि बसिरहेका तामाङको हरियो रंगको झोला चेकजाँच गर्दा उक्त झोलाभित्र अन्दाजी ५ के.जी. गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ परेका तामाङमाथि जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, घ्याङलेख गाउँपालिका–२ चालिसे बगरबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय धनकुमार वाईबा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले वाईबाको घरमा लुकाई छिपाई राखिएको अवस्थामा आठ सय सत्ताईस ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

पक्राउ परेका वाइबामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।