
धनकुटा । धनकुटामा माघ ६ गतेदेखि १६ गते सम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् एभोकाडो तथा धनकुटा महोत्सवको तयारी तीव्र पारिएको छ ।
आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा रहेको आयोजना स्थल तल्लो टुडिखेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।
“कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार ” भन्ने नाराका साथ हुन लागेको महोत्सवको तयारी बारे जानकारी गराइएको थियो ।
धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा ११ दिन सम्म महोत्सव गर्न लागिएको र धनकुटासहित प्रदेश १ लगायत जिल्लाहरुका उद्यमीहरु महोत्सवमा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्