२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


अर्घाखाँचीमा ४७ फिटको अग्लो त्रिशुल निर्माण


195
Shares

अर्घाखाँची । अर्घाखाँचीमा ४७ फिटको अग्लो त्रिशुल निर्माण भएको छ । सन्धिखर्क नगरपालिका– २ मा रहेको शिवालय मन्दिरमा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले त्रिशुल निर्माण गरिएको हो ।

त्रिशुल ६ सय ८० केजी तौल र ४७ फिट उचाइ रहेको स्थानीय रामु केसीले बताउनुभयो । निर्माण अधीन अर्घा भगवती विमान स्थल पनि नजिकै भएकाले यसको थप महत्व बढ्दै जाने उहाँको भनाइ छ ।

दाङमा रहेको त्रिशूल साढे ४१ फिट अग्लो छ । पाल्पाको भैरवनाथ मन्दिरमा रहेको ३५ फिट अग्लो रहेको बताइएको छ ।