२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

सुदूरपश्चिममा आज पनि चयन हुन सकेन सभामुख


221
Shares

कैलाली । सरकारलाई समर्थन गरेर प्रदेश सभामा सत्ता पक्षको लहरमा बसेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन प्रकृयामा भने सरकारलाई असहयोग गरेको छ ।

नागरिक उन्मुक्तिको असहयोगका कारण सत्तारुढ दलका सभामुखका उम्मेदवार भीम बहादुर बहादुर भण्डारी निर्वाचित हुन सकेनन । भण्डारीलाई माओवादी केन्द्रले सभामुखको पदमा उम्मेदवार बनाएको थियो ।

भण्डारीले आज भएको मतदानमा २२ मत पाए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मान बहादुर रावलले पनि २२ मत नै पाए । बहुमत नपाउदा कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेनन् ।

निर्वाचित हुन २७ मत आवश्यक भएपनि नागरिक उन्मुक्ति तटस्थ बस्दा सत्तारुढ दलका उम्मेदवार भण्डारी निर्वाचित हुन सकेनन । प्रदेश सभामा ५३ जना सांसद छन् ।