
काठमाडौं । नेपालको पहिलो नीजि टेलिभजिन ईमेज च्यानल आज आइतबारबाट २६ औं वर्षमा प्रवेश गरेको छ ।
टेलिभिजन इतिहासमा सूचना, समाचार र मनोरञ्जनको त्रिवेणी बन्दै आएको ईमेज च्यानलले बनाएको यो इतिहास आफैंमा प्रेरक र अनुपम रहेको हाम्रो ठम्याई छ ।
२०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट आफ्नो प्रशारण सुरु गरेको ईमेज च्यानलले २०५९ साल माघ १७ गतेदेखि काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्ट्रियल माध्यमबाट ईमेज मेट्रो च्यानल सुरु गरेको थियो । दर्शकहरुको अपार साथ र समर्थनको कदर गर्दै लोकतन्त्रको बिहानीसँगै २०६३ साल माघ ११ गतेदेखि ईमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोड्यो ।
विश्वसनीय समाचार, सन्तुलित बिचार र स्वस्थ मनोरञ्जनको मुल नारासहित अहिले ईमेज च्यानल एच.डी प्रविधिमार्फत विश्वभर प्रसारण भईरहेको छ ।
दर्शक स्रोताहरुको सद्भावकै कारण ईमेज च्यानलले २०५५ पुस २३ गतेदेखि के.ए.टी.एच.को नामबाट एफ.एम प्रसारण सुरु गर्यो । अहिले ईमेज एफ.एम ९७.९ को रुपमा यो एफ.एम २४ सै घण्टा समाचार, बिचार र मनोरञ्जन लिएर प्रसारण भईरहेको छ ।
ईमेज परिवारको अर्को सदस्यको रुपमा २०६५ भदौ २९ गतेदेखि प्रसारणमा आएको ईमेज न्युज एफएम १०३.६ ले हरपल निरन्तर समाचार प्रसारण गरिरहेको छ ।
यसैगरी, नयाँ मिडियाको रुपमा सुरु गरेको ईमेजखबर डटकमप्रति पनि यहाँहरुले देखाउनुभएको सद्भावले ईमेज ग्रुप अफ कम्पनीज् उत्साही बनेको छ ।
प्रसारणको २५ वर्ष पूरा भएको यस सुखद् अवसरमा ईमेज च्यानल पत्रकारिताको धर्म र आफ्नो विशिष्ट पहिचान अझ बलियो बनाउने प्रतिबद्धतासहित सम्पूर्ण दर्शक, स्रोता, पाठक, विज्ञापनदाता तथा शुभेच्छुक सवै महानुभाव र सहकर्मीहरुप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ । र, भावी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछ ।
प्रतिक्रिया दिनुहोस्