
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उहाँले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताउनुभयो ।
सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा विवाद हुँदा संघीय सरकार र प्रदेश सरकारहरुमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
गठबन्धन सरकारमा अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सहभागी भएका छन् । यीमध्ये चार मन्त्रीलाई अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।
मन्त्रालयको भागबन्डा मिलाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच दिनहुँ जसो छलफल भईरहेको छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि सत्तारुढ घटक एमाले झस्किएको छ ।
प्रतिक्रिया दिनुहोस्