
एजेन्सी । इजरायलमा न्यायालयको आमूल परिवर्तन गर्ने सरकारी योजनाको विरोधमा ब्यापक रूपमा प्रदर्शन भएको छ ।
ठूलो शहर तेल अविवमा करिब ८० हजार प्रदर्शनकारी सडकमा उत्रिएर दक्षिणपन्थी नयाँ सरकारको योजनाको विरोध गरेका हुन् । संसदले सर्वोच्च अदालतको आदेश उल्ट्याउन गरी परिवर्तन गर्न खोजेको भन्दै इजरायली जनताहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनको नेतृत्व विपक्षी वामपन्थीहरुले गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु सरकारको प्रस्तावलाई न्यायालयमाथिको आक्रमण भनेका छन् । जेरुसेलमस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि र अन्य शहरहरुमा पनि प्रदर्शन भएको छ । तेल अविवमा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको छ ।
न्यायमन्त्री यारिव लविनले अगाडि सारेको योजनामा सर्वोच्च अदालतका कुनै पनि आदेशलाई संसदको साधारण बहुमतले उल्ट्यान पाउने प्रस्ताव गर्नुभएकाे छ। आलोचकहरुले यसलाई प्रधानमन्त्री नेतान्याहुको भ्रष्टाचार सम्बन्धि मुद्दाका फैसलाहरु प्रभावित गर्ने उद्धेश्य भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्