
काठमाडौं । कर्णाली प्रदेशसभामा सभामुखका लागि आइतबार निर्वाचन हुँदैछ ।
सभामुख चयन गर्न मतदानको समय बिहान ११ बजेका लागि तोकिएको छ ।
सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा (एमाले) की नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलले उम्मेदवारी दिनु भएको छ ।
सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा (माओवादी केन्द्र) र सभामुख नेकपा एमालेको भागमा परेमा थियो ।
कर्णाली प्रदेश सभामा कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक र एक स्वतन्त्र गरी ४० प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्