२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीको कमलामाईमा भक्तजनहरुको घुइँचो


130
Shares

सिन्धुली । सिन्धुलीको कमलामाई मन्दिरमा माघे संक्रान्ति मेला भर्न श्रद्वालु भक्तजनहरुको घुइँचो लागेको छ ।

कमलामाईको मेला भर्न आएकाहरु श्रद्धालु भक्तजनहरुले रातभर जाग्राम बसि कमलामाईलाई पुकारेर गरेको भाकल अनुसार दीप प्रज्वलन र पाठी, पेरेवा, बोका, हाँस र कुखुराको वली चढाईरहेका छन् ।

कमलामाईको मेला भर्न विगतको तुलनामा भक्तजनहरुको बाक्लो उपस्थिति देखिएको छ ।

सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिरहा दोलखालगायत जिल्लाका सर्वसाधारण मेलाका लागि कमलामाई पुग्ने गर्दछन् । यस्तै, भारतका विभिन्न स्थानबाट समेत तीर्थालुहरु कमलामाईमा आउने गर्दछन् ।

पवित्र धार्मिक तिर्थस्थल शुद्ध भई चोखो मनले कमलामाईस्थानको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रही आएकोले कमलामाईस्थान मेला भर्न भारतका विभिन्न स्थानहरु र नेपालका तराईका तिर्थ यात्रीहरु आउने गर्दछन् ।