१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चलचित्र ‘अगस्त्य’ मा सौगात अनुबन्धित


26
Shares

काठमाडौं । सौरभ चौधरीको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘अगस्त्य’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् ।

माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रमा सौगात मल्लको अभिनय रहने जानकारी गराएको हो ।

‘मिस्टर भर्सटायल’को ट्याग दिइएको सौगात पोस्टरमा एक कुकुरका साथमा स्टाइलिस लुक्समा फिचर छन् । चलचित्रमा उनी अगस्त्यको भूमिकामा रहनेछन् ।

चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । राजेश श्रेष्ठको छायांकनमा बनेको चलचित्र डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।

चलचित्रको छायांकन नेपालभित्र काठमाडौं, नवलपरासी र नेपाल बाहिर भारतको गोरखपुर र बनारसमा हुनेछ ।

‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई भागमा निर्माण हुने भएको छ । यसमा केही नेपाली र केही भारतीय कलाकारहरु रहनेछन्