२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जाका ४ वटा क्रसर उद्योग बन्द


169
Shares

स्याङ्जा । स्याङ्जामा ४ वटा बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योग बन्द भएका छन् ।

स्याङ्जाका राजनीतिक दलहरुको संयुक्त बैठकले नवीकरण नगरी सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो । बन्द भएका मध्ये भीरकोटमा रहेकाे छाङ्छाङदी र खिलुङ्कालिका, गल्याङ रहेकाे गह्रौंकालिका र वालिङमा रहेकाे आँधीखोला क्रसर उद्योग बन्द गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।

स्याङ्जाका १० वटा क्रसर उद्योग मध्ये हाल ४ वटा बन्द गर्ने निर्णय भएको छ । २ वटा उद्योग यसअघि नै संचालनमा नरहेको जिल्ला प्रशासन कार्यालय स्याङ्जा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा जारी निर्देशन अनुरुप ४ वटा क्रसर उद्योग बन्द गर्ने निर्णय भएकाे उहाँले बताउनुभयाे ।