३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


माइबेनीमा पाँच दिने मेला


78
Shares

इलाम । इलामको माइ र जोगमाई खोलाको संगमस्थल माइबेनीमा पाँच दिने मेला लागेको छ । परम्परागत रुपमा लाग्दै आएको माइबेनी मेलामा माघे संक्रान्तिमा मकर नुहाउने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।

आज विहानैदेखि माइखोलामा भाकल पुरा गरी पुजा आजा गर्ने भक्तजनहरु शिवालय धाममा पनि दर्शन गर्नका लागि व्यस्त देखिएका थिए । मेलामा स्थानीय कृषि उपज सुन्तला, उखु र अन्य उत्पादन बिक्रि गर्न किसानहरुले ल्याउने गरेका छन् ।

माइवेनी मेलामा राती धान नाच समेत आयोजना गरिने गरिएपनि हिजोआज विरलै देख्न पाइन्छ । माइवेनी मेलामा नेपाल लगायत भारतको सिक्कीम, भुटान, दार्जिलिड, मिरिक लगायतका स्थानबाट समेत मेला हेर्न भक्तजनहरु आउने गरेका छन् ।