१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुदूरपश्चिममा प्रदेश सभाको बैठक स्थगित


117
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको साेमबार बस्ने भनिएकाे बैठक स्थगित भएको छ ।

मंगलबार बिहान १० बजे बस्ने गरी बैठक स्थगित गरिएकाे प्रदेश सभा सदस्य नरेशकुमार शाहीले बताउनुभएकाे हाे । बैठक स्थगित भएपछि सभामुखको निर्वाचन पनि मंगलबार बिहान १० बजे हुने भएको छ ।

सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनामा सोमबार राष्ट्रिय शोक परेकाले प्रदेश सभा बैठक नबसेको हो । राष्ट्रिय झण्डा झुकाउने समयमा बैठक बस्नु हुन्न भन्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमविक्रम भाटले जानकारी दिनुभयाे ।

लगातार दुई पटक भएकाे निर्वाचनमा पनि सभामुख चयन हुन नसकेपछि सोमबार तेस्रो पटक सभामुख चयनका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।