१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संखुवासभाको खराङमा तेस्रो मिनी खेलकुद महोत्सव सुरु


637
Shares

काठमाडौं । संखुवासभाको खराङ खाल्टेमा तेस्रो मिनी खेलकुद महोत्सव २०७९ सुरु भएको छ ।

महोत्सवको उद्घाटन गर्दे चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले ग्रामीण क्षेत्रका युवाको विकास खेल क्षेत्रबाट गर्न सकिने बताउनुभयो । उहाँले दुर्गम क्षेत्रमा खेलकुद क्षेत्रको विकास हुन नसकेको भन्दै स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि योजना बनाउने बताउनुभयो ।

श्री किरण ज्योति युवा क्लबले आयोजना गरेको खेल महोत्सवमा जिल्लाका १० वटा स्थानीय तह र जिल्ला बाहिरका क्लबहरुको सहभागिता रहेको छ । माघे संक्रान्तिको अवसरमा आयोजित खेल महोत्सवमा आमन्त्रित प्रथम स्व. सूर्यबहादुर सोम्याहाङ स्मृति कप पुरुष नकआउट फुटवल प्रतियोगिता, आमन्त्रित महिला फुटवल प्रतियोगिता र खुल्ला जातजातिहरुको पाँचवटा झाँकी प्रदर्शनलगायतका प्रतियोगिता समेत भएका छन् ।

झाँकी प्रतियोगितामा चैनपुर–१० सल्लेरीले साकेलामा प्रथम स्थान प्राप्त गरेको छ भने दोस्रो स्थान चैनपुर –१० सालडाँडाको तामाङ सेलोले जितेको छ । उद्घाटन समारोह पछि विभिन्न समुहबीच फुटबल खेल भई रहेका छन् ।

खेलमा आमन्त्रित प्रथम स्व. सुर्यबहादर सोम्याहाङ स्मृति कप पुरुष नकआउट फुटबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजनार १ सय ११ रुपैयाँ, दोस्रो ६६ हजार ६ सय ६६ रुपैयाँ रहेको छ । त्यसैगरी सान्त्वना पुरस्कार २ टिमलाई २२ हजार २ सय २२ रुपैयाँ गरी ४४ हजार ४ सय ४४ रुपैयाँ रहेको छ ।

आमन्त्रित महिला फुटबलमा प्रथम ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो २२ हजार २ सय २२ र सान्त्वना दुई टिमले ५–५ हजार रुपैयाँ गरी १० हजार रुपैयाँ रहेको छ । झाँकीमा प्रथम हुनेलाई १० हजार रुपैया र दोस्रोलाई ५ हजार रुपैयाँ र सबै टिमलाई सान्त्वना पुरस्कार प्रदान गरीने आयोजक श्री किरण ज्योति युवा क्लबले जनाएको छ ।