३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


झापामा फागुनमा अन्तर्राष्ट्रिय व्यापार महोत्सव हुने


13
Shares

झापा । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरिने भएको छ ।

कोरोनाका कारण थलिएको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बिर्तामोड उद्योग वाणिज्य संघले साेमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएकाे हाे । करिब ४५ करोड रुपैयाँको कारोबार गर्ने गरी नेपालसहित बंगलादेश, भारत तथा पाकिस्तानका व्यवसायीलाई सहभागी गराउँदै महोत्सव गर्न लागिएको संघले जनाएकाे छ ।

आगामी फागुन ५ गतेदेखि १५ गतेसम्म हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवका संयोजक राजु न्यौपानेले बताउनुभयो । महोत्सव बिर्तामोड २ को चारपाने र रामचोकको मध्ये भागमा हुने भएकाे छ ।

साेही महोत्सवमा २ सय ५० वटा स्टलहरु रहने न्यौपानेले जानकारी दिनुभयो । प्रदर्शनी तथा बिक्री कक्ष, साँस्कृतिक तथा साँगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी महोत्सव स्थललाई ४ भागमा विभाजन गरिएको संयोजक न्यौपानेले बताउनुभयाे ।